बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    समुन्द्री तटमा ब्यायफ्रेन्डसँग ‘चुम्बन’को तस्विरले विवादमा साम्राज्ञी

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, ५ साउन ।

    पछिल्लाे समय साम्राज्ञी निकै विवादमा तानिएकी छिन् । आजभोलि उनका फिल्मको चर्चा भन्दा बढी व्यक्तिगत जीवनको चर्चा हुन थालेको छ ।

    यतिबेला उनी आफ्ना प्रेमी देवांकस राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेका विकिनी तस्वीर सार्वजनिक भएपछि विवादमा तानिएकी हुन् । तस्वीरमा उनका प्रेमी देवांकसले साम्राज्ञीलाई शरीरका विभिन्न भागमा चुम्बन गरेका छन् । एक यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेकी छिन् ।

    तर, साम्राज्ञी भने दर्शकका गालीलाई सामान्य लिन थालेकी छिन् । देवांकसले ओठ, छाति र कम्मर पछाडिको भाग चुमेको तस्वीरमा देख्न सकिन्छ । यी तस्वीर शेयर भएपछि सााम्राज्ञीको व्यापक विरोध भएको छ ।

    केही समयअघि मंयक खड्कासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी उनीसँगको ब्रेकअपपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांकस राणासँग रमाइरहेकी छिन् ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast