शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    पूर्व ‘मिस नेपाल’ श्रृङ्खला सिसन बाँनियाको प्रेममा

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ५ साउन

    श्रृङ्खला खतिवडा सन् २०१८ की मिस नेपाल अहिले विदेशमा छिन् । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । 

    तर, उनी टर्की पुगेसँगै उनको प्रेम चर्चाले नेपालमा भने राम्रै चर्चा पाइरहेको छ । टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । तर, यो बिषयमा दुबैले मुख भने खोलेका छैनन् ।

    शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ । शिसन भ्ल्गर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएका भिडियो चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिने गरेकी छिन् । मिस नेपालहरु अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । 

    यहीविचमा, श्रृङ्खलाले पनि टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेको हुनुपर्छ ।  यो बिषयमा दुइले औपचारिक रुपमा केही बताएका भने छैनन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast