शुक्रबार, कार्तिक २९, २०७६
    सार्क

    दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको ८१ वर्षमा निधन, मोदी पुगे श्रद्धाञ्जली दिन

    शनिबार, ४ श्रावन २०७६, - आहा खबर ब्यूरो .

    काठमाडौं, ४ साउन । 

    भारतको राजधानी दिल्लीमा ३ पटकसम्म मुख्यमन्त्री रहीसकेकी काँग्रेस आई नेतृ शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केही समययता मुटु सम्बन्धि समस्याले ग्रसित उनको दिल्लीस्थित फोर्टिस् अस्पतालमा निधन भएको हो । 

    सन् १९९८ देखि २०१३ सालसम्म लगातार डेढ दशकसम्म दीक्षित दिल्लीको मुख्यमन्त्री रहिन् । त्यस्तै उनी सन् २०१४ मा केरल राज्यको राज्यपाल समेत बनिन् ।
     

    सन् २०१९ मै सम्पन्न लोकसभा चुनावमा शीला बिजेपीका मनोज तिवारीसँग पराजित भएकी थिइन् । 

    शीला दीक्षितका जम्मा २ सन्तान छन् जसमा छोरा संदीप दीक्षित तथा छोरी लतिका सैयद रहेका छन् । संदीप दीक्षित कांग्रेस आइबाट सांसद बनिसकेका छन् । 

     

    मोदीले समेत दिए श्रद्धाञ्जली

    अन्तिम दर्शनका लागि शीला दीक्षितको पार्थिव शरीरलाई उनकी बहिनीको घरमा राखिएको थियो । भारतका कैयौं दिग्गज नेता लयागत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत शीला दीक्षितलाई श्रद्धाञ्जलि दिन त्यहाँ गये ।

    त्यस्तै, सोनिया गान्धी, ज्योतिरादित्य सिंधिया, अरविन्द केजरीवाल लगायत कैयौ नेता शीला दीक्षितको अन्तिम दर्शनका लागि पुगेका थिए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast