आईतवार, भाद्र २९, २०७६
    यातायात

    छुट्टाछुट्टै दुर्घटनामा परी सर्लाहीमा २ जनाको मृत्यु

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    सर्लाही, ४ साउन 

    छुट्टाछुट्टै दुर्घटनामा परी आज यहाँ दुई जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० मा करेन्ट ३५ वर्षीय काजीमान बुढाथोकीको मृत्यु भएको छ । स्थानीयवासी गणेश भट्टराईको लेथ मेसिनमा काम गर्ने क्रममा बुढाथोकीलाई करेन्ट लागेको हो । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।  

    यस्तै मलङ्गवा–४ मा ट्र्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ । मलङ्गवा–३ का आठ वर्षीय मनिष यादवको मृत्यु भएको हो । ज२त ८५२ नंको ट्र्याक्टरमा गणेशियातर्फ जाँदै गरेका लडेर घाइते भएका थिए । उनको उपचारका लागि सर्लाही अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast