सोमबार, भाद्र २, २०७६
    स्वास्थ्य

    १ सय ८ जनाले गरे रक्तदान

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    भक्तपुर, ४ साउन

    नेपाल रेडक्रस सोसाइटी दुवाकोट शाखाले आज आकस्मिक रुपमा आयोजना गरेको रक्तदानमा १०८ जनाले रक्तदान गरेका छन् ।

    रेडक्रसको नेतृत्वमा स्थानीय विभिन्न सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा ७५ पुरुष र ३३ महिलाले रक्तदान गरेको शाखाका सभापति सोम प्रधानले जानकारी दिनुभयो । 

    कार्यक्रममा २८ ले मृत्युपर्यन्त अङ्गदान गरेको र १८ ले आँखा दान गरेको प्रधानले जानकारी दिनुभयो । त्यसैगरी आजै महानगरीय प्रहरी परिसरले आयोजना गरेको आकस्मिक रक्तदानमा ५३ ले रक्तदान गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast