सोमबार, मंसिर २, २०७६
    मुभी-थिएटर

    ​साम्राज्ञीको चाहना 'ग्ल्यामर लुक्स' की 'भल्गर रुप' ?

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ४ साउन

    फिल्म ड्रिम्स बाट फिल्मी यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहका केही तस्विरले सामाजीक सञ्जाल तताइरहेको छ ।

    नेपालबाट विभिन्न कामको लागी वा घुम्नकै लागी विदेश गए पनि नेपाली नायिकाहरुको विकिनी तस्विर सार्वजनिक हुनु नौलो कुरा होइन । तर साम्राज्ञीको भने अलि फरक तस्विर सार्वजनिक भएका छन् ।

    फिल्म मारुनीको प्रर्दशनको तयारी गरिरहेको बेला उनको यस्तो तस्विर सार्वजनिक भएको हो ।

    हाल भ्याकेसनका लागि इण्डोनेसियामा रहेकी नायिका शाहका केही सार्वजनिक तस्विरले केही फरक सोच्न बाध्य गराएको छ । उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

    केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    हाल उनको त्यस्तै तस्बिर पुन सार्वजनिक भएको हो । एक पछी अर्को यस्ता तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन् अब साम्राज्ञीलाई दर्शकले कुन नजरले हेर्लान् ?

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast