सोमबार, मंसिर २, २०७६
    सार्क

    आक्रमण–प्रत्याक्रमण : अफगानिस्तानमा २४ तालिबान विद्रोही मारिए

    शनिबार, ४ श्रावन २०७६, - सिन्ह्वा.

    कान्दहार, ४ साउन :

    अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् । 

    सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताउनुभयो । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन ।

    आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ । मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ । अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast