आईतवार, भाद्र २९, २०७६
    राज्य-समाज

    नेपाली विद्यार्थीले बनाएको रोबोर्ट अन्तराष्ट्रिय प्रतिस्पर्धामा

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ४ साउन । 

    इन्जिनियरिङका विद्यार्थीले बनाएको रोबोर्टले मंगोलियामा प्रतिस्पर्धा गर्ने  भएको छ। पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीको ‘रोवोटिक्स क्लव’ ले बनाएको रोबोर्टले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भएको हो। 

    उक्त रोबोर्टले मंगोलियामा आयोजना हुने प्रतिगोगितामा एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकसँग प्रतिस्पर्धा गर्नेछ। इन्जिनियरिङ कलेजका स्नातक दोस्रो र तेस्रो वर्षका विद्यार्थी आफैँले नयाँ प्रविधि र मेकानिज्म् प्रयोग गर्दै रोबोर्ट तयार गरेका हुन्। 

    विगत १९ वर्षदेखि रोबोटो प्रतियोगिता हुँदै आएको क्लवले जनाएको छ। त्रिभुवन विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै रोवोटिक्स क्लवले सन् २००२ देखि उक्त प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। 

    रोबोर्ट निर्माण सम्पन्न भएपछि शुक्रबार कलेजमा ‘अब रोबोकन, २०१९’ प्रदर्शन गरियो। यस वर्षको ‘रोवोकन’ प्रतियोगिता अर्को महिना मङगोलियाको उलनबटरमा आयोजना हुँदै छ। 

    मङ्गोलियामा प्रतियोगिता हुने भएकाले यस बर्ष नेपाली विद्यार्थीले घोडामार्फत हुने युद्ध कौशलसम्बन्धी त्यहाँको परम्परा र संस्कृती झल्काउने खालको रोबोर्ट तयार गरेका छन्। 

    रोबोर्ट प्रतियोगितामा सहभागिता जनाउँदा नयाँ प्रवधिसँग घुलमिल हुने, नेपाली प्रविधि एवम् सोचलाई विश्वबजारमा चिनाउने र विद्यार्थीबीच उनीहरुको स्तरोन्नतीमा टेवा पुर्‍याउने अपेक्षा विद्यार्थीले गरेका समाचार अन्नपूर्ण पोस्टमा छ । प्रतियोगितामा भाग लिन कलेजका २३ जना विद्यार्थी भदौ ४ गते विद्यार्थी मंगोलियातर्फ जाने भएका छन्। रोबोर्ट भने आगामी सोमबार नै त्यसतर्फ पठाईंदै छ। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast