बुधबार, भाद्र ४, २०७६
    सार्क

    भारतीय प्रधानमन्त्री मोदीका नवनियुक्त प्राइवेट सेक्रेटरी विवेक कुमार को हुन् ?

    शुक्रबार, ३ श्रावन २०७६, - आहा खबर ब्यूरो .

    काठमाडौं, ३ साउन । 

    भारतीय विदेश सेवा (आइएफएस) का अफिसर विवेक कुमारलाई शुक्रबार प्रधानमन्त्री मोदीले आफ्नो निजी सचिवमा नियुक्त गरेसँगै अहिले उनको चर्चा चुलिएको छ ।

    भारतको प्रधानमन्त्रीकारुपमा दोश्रो कार्यकाल चलाइरहेका मोदीले विवेकलाई उक्त पदका लागि उपयुक्त देखे भन्ने विषयले समेत धेरैको ध्यान आकृष्ट गरेको छ ।

    हुन त विवेक यसअघिको मोदीको कार्यकालदेखी नै प्रधानमन्त्री कार्यालयसँग जोडिएका थिए । 

     

    यस्तो छ विवेक कुमारको योग्यता
     

    सन् १९८१ मा जन्मिएका विवेक कुमारले भारतको मुम्बईस्थित आईआईटीबाट १९९८ देखि २००२ सम्म केमिकल इञ्जिनियरिंगको पढाई गरेका थिए ।

    आईआईटीबाट बीटेक गरेका विवेक कुमारले आईएफएस अफिसरकारुपमा थुपै्र देशमा गई सेवा गरिसकेका छन् ।

    बीटेक सकेर बिजनेस डेभलपमेन्ट म्यानेजर भई काम गरेका उनले मात्र ३८ वर्षको उमेरमा निकै ठूलो उपलब्धी हासिल गरेका हुन् ।  

     

    यस्तो छ विवेक कुमारको परिपक्वता

    विवेक कुमारले यसअघि सिडनीमा भारतको वाणिज्य दूत भएर काम गरिसकेका छन् । त्यस्तै, विवेक रूसस्थित भारतीय दूतावासमा समेत महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन् । 
     

    अहिले मोदीको प्राइवेट सेक्रेटरी  बन्नुअघि उनी झण्डै ५ वर्षसम्म उनी पीएमओ अर्थात प्रधानमन्त्री कार्यालयमा निर्देशक थिए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast