आईतवार, भाद्र २९, २०७६
    राज्य-समाज

    जातीय छुवाछुत र भेद्भावको अन्त्यमा जोड

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौंँ, ३ साउन

    राष्ट्रिय प्रजातन्त्र पार्टीको भात् सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठनको केन्द्रीय कार्यसमिति पुनःगठन गरिएको छ । सङ्गठनको संयोजकमा श्रवणकुमार नेपाली (गुल्मी) लाई चयन गरिएको छ । 

    नेपालीको संयोजकत्वमा ४४ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको सह–संयोजकमा गङ्गा विक (काठमाडौँ, पतिराम चुनारा (कञ्चनपुर), मीना स्वर्णकार (दाङ), कोमल विक (दाङ), जुद्धबहादुर लोहनी (सुनसरी), सरला विक (काठमाडौँ), बद्रिप्रसाद परियार (कास्की), निर्मला पासवान (महोत्तरी), महासचिवमा राम नेपाली (नुवाकोट) तथा कोषाध्यक्षमा रणबहादुर बोहरा (बागलुङ)लाई चयन गरिएको छ । 

    पदाधिकारी तथा सदस्यलाई एक समारोहबीच पार्टी अध्यक्ष कमल थापाले जिम्मेवारीपत्र हस्तान्तरण गर्दै सङ्गठनलाई बलियो बनाउनका लागि देशव्यापी अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । 

    सो अवसरमा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण गुरुङ, महामन्त्री भाष्कर भद्रा, सल्लाहकार समितिका अध्यक्ष नीरञ्जन थापा, प्रवक्ता नीलकण्ठ काफ्लेलगायत नेताहरुले शुभकामना दिनुभएको सहायक महामन्त्री राजाराम बर्तौैलाले जानकारी दिनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast