सोमबार, भाद्र २, २०७६
    सावधान

    ५० हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३ साउन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई पक्राउ गरेको छ । 

    सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूलयाङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ । 

    आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका– १० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी यादवको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast