सोमबार, भाद्र २, २०७६
    कला-सौन्दर्य

    भारतीय कमेडियन कपिल शर्माको घरमा आगाे लाग्याे

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    मुम्बई, ३ साउन ।

    भारतीय कमेडियन कपिल शर्माको मुम्बईस्थित अपार्टमेन्टमा आगलागी भएको छ । बिहीबार भएको आगजनीबाट कुनै मानविय क्षति भने भएको छैन । उनको अपार्टमेन्ट खाली भएको कारणले कुनै पनि क्षति नभएको हो । उक्त ओशिवारा अपार्टमेन्टको चौथो तलामा कपिल शर्मा बस्ने गर्दथे ।

    मिडिया रिपोर्ट अनुसार आगो भान्साबाट सुरु भएको थियो । स्थानीयले आगलागी भएलगत्तै दमकललाई सूचना दिएपछि घटना भएको आधा घण्टामा दमकलले आगो नियन्त्रणमा लिएको हो ।

    कपिल शर्मा हालसालै उक्त घरबाट नजिकैको अपार्टमेन्टमा सरिसकेका छन् । उनको यो घर खाली रहेको बताईएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम संचालक ३८ वर्षीय कपिलले २०१५ मा किस किस को प्यार करु बाट बलिउडमा डेब्यू पनि गरेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast