सोमबार, भाद्र २, २०७६
    सावधान

    उत्तरपुस्तिकामा नम्बर थप काण्ड : आरोपित त्रिवि कर्मचारी पाण्डेले गरे आत्महत्या

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३ साउन 

    विशेष अदालतमा कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

    उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन्।

    सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेका हुन्। महानगरी प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक तनावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि तनावमै रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

    उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    पाण्डेले  पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए।पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast