मंगलवार, असोज ७, २०७६
    आर्थिक खबर

    सुनकाे मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, बन्याे नयाँ रेकर्ड

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३ साउन ।

    शुक्रबार सुनको मूल्‍यले नयाँ रेकड कायम गरेकाे छ । आज सुन ताेलामा ५ सयले बढेर ६५ हजार ५ सय रूपैयाँ कायम भएकाे छ ।

    नेपाल सुनचाँदी व्यावसायीका अनुसार छापावाला सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मुल्य तोलाको पाँच सयले बढेर ६५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो।

    असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।  त्यस यता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो। अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो। हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमा मात्रै कारोबार भयो।

    एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो बिहीबार ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो। सुन हिजोको मूल्यमा फेरि ५ सय रुपैयाँ बढेर आज शुक्रबार अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शक्ति राष्ट्र अमेरिकाको चाइना, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast