आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    फुटबल विशेष : यी हुन् प्रि–सिजनका उत्कृष्ट ५ क्लब, अफ्रिका कपको फाइनल खेल आज

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    एजेन्सी, ३ साउन । 

    क्लबहरुको लिग सञ्चालन हुनुभन्दा पहिले अर्थात प्रि–सिजनमा केही उत्कृष्ट क्लबको मैत्रीपूर्ण खेलहरु हुँदैछन् ।

    विश्व फुटबलका सबै खाले अन्तरराष्ट्रिय प्रतिस्पर्धा सम्पन्न हुने अवस्थामा छन् । कोपा अमेरिका, दि नेसन्स युरो क्वालिफायर्स, यू–२० युरोस र महिला विश्वकप जस्ता प्रतियोगिताहरु सकिइसकेका छन् । अफ्रिका कपको फाइनल खेल आज राति हुँदैछ ।

    स्पेनिस, इटालियन, फ्रान्सेली लिगहरुको ड्र पनि सार्वजनिक हुने अवस्थामा छ र केही लिगको ड्र सार्वजनिक पनि भइसकेको छ ।


    १) रियल मड्रिडविरुद्ध एट्लेटिको मड्रिड

    स्पेनिस क्लब रियल मड्रिड गएको सिजनमा एउटा पनि मुख्य उपाधि नजितेको क्लब हो । रियलले सिजन २०१८–१९ मा कुनै खाले क्लब उपाधि उचाल्न सकेन । ला लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि जितेको रियल नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

    रियलले प्रि–सिजन अन्तर्गत बलियो प्रतिस्पर्धि एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । रियलले इन्टरनेस्नल च्याम्पियन्स कप अन्तर्गत पहिलो खेलमा एट्लेटिको मड्रिडलाई प्रतिस्पर्धिको रुपमा पाएको हो ।


    २) लिभरपुलविरुद्ध बोरुसिया डर्टमन्ड (२० जुलाई)

    युरोपियन च्याम्पियन लिभरपुलले क्लब मैत्रीपूर्ण खेल अन्तर्गत बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुल गएको सिजन प्रिमियर लिगमा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको क्लब हो । यता डर्टमन्ड पनि बुन्डेसलिगामा दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको टोली हो ।

    दुबै टोलीले शनिबार बिहान ५ः४५ मा प्रतिस्पर्धा गर्दैछन् । लिभरपुल तुलनात्मक रुपमा डर्टमन्ड भन्दा बलियो टोली हो । क्लब मैत्रीपूर्ण खेलमा दुबैटोलीबीचको खेल हेर्न लायक हुनेछ ।

     

    ३) बार्सिलोनाविरुद्ध नेपोली (८ र १० अगस्ट)

    स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले ८ र १० अगस्टमा नेपोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछन् । तुलनात्मक रुपका दुबै क्लब उत्कृष्ट हुन् । सिरी ए मा दोस्रो स्थान रहँदै सिजन अन्त्य गरेको नेपोली  इटालियन क्लब हो । उता ला लिगाको उपाधि उचालेको बार्सिलोना स्पेनिस क्लब हो ।

    दुबै क्लबले क्लब मैत्रीपूर्ण खेल अन्तर्गत प्रतिस्पर्धा गर्न लागेका हुन् । यो प्रि–सिजनमा हुन लागेको दुबै टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

     

    ४) वार्यन म्युनिखविरुद्ध एसी मिलन (२३ जुलाई)

    जर्मन बुन्डेस लिगा च्याम्पियन क्लब वार्यन इन्टरनेस्नल च्याम्पियन्स कप अन्तर्गत आफ्नो पहिलो खेलमा सिरी ए क्लब एसी मिलनसँग प्रतिस्पर्धा गर्दैछ । वार्यन सन् २०१८–१९ को बुन्डेसलिगा च्याम्पिनय जर्मन क्लब हो । मिलन भने सिरी ए मा पाँचौं स्थान रहँदै इटालियन लिग अन्त्य गरेको टोली हो ।

    दुबै टोली तुलनात्मक हिसावले बलियो टोली हुन् । यो जुलाईमा हुने खेलमा हुने क्लबका खेलहरुमा यो खेललाई पनि उत्कृष्ट खेलको रुपमा हेरीएको छ ।

     

    ५) म्यान्चेस्टर युनाईटेटविरुद्ध इन्टर मिलन (२० जुलाई)

    इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत म्यान्चेस्टर युनाइटेड र इन्टर मिलनले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको पहिलो खेलमा इटालियन क्लब र इङ्लिस क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । युनाइटेडले गएको सिजन प्रिमियर लिगको पाँचांै स्थानमा रहेर सिजन अन्त्य गरेको थियो । यता मिलनले प्रिमियर लिगमा चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो ।

    यो खेलमा भने दुबै टोली जितको लागि मैदान उत्रनेछन् । दबै टोलीबीचको खेल नेपाली समय अनुशार शनिबार साँझ ४ः१५ बाट सुरु हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast