आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौंस्थित होटल सञ्चालनमा आयो

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३ साउन ।

    अन्ततः नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” सञ्चालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू समेत भएको छ ।

    आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।

    यस अवसरमा बोल्दै मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो, “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं ।

    होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्गमा पूजा गर्दा प्रयोग गरिने ५०० केजीका घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ ।

    सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ ।

    हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।”

    उहाँले भन्नुभयो, “व्यवसायीक यात्रुहरु र फुर्सदिलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन् जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन ।” 

     

    बेग्लै अनुभव 

    होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्गमा पूजा गर्दा प्रयोग गरिने ५०० केजीका घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ । 

    २१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचीलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ ।

    बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्दछ ।

    ६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढि होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पीँढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । 

    यस सन्दर्भमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भन्नुभयो, “काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरुको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ ।

    हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।” 

    स्वास्थ्य र सर्वाङ्गीण वेल–विगंसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिट्मेन्ट कोठाहरु रहेका छन् जसमा दिमाग र शरिरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर रहेका छन् ।

    ६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढि होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पीँढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । 

    काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोबल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast