शनिबार, मंसिर २८, २०७६
    कृषि-उर्जा

    बल्खु र कालीमाटीका १९ तरकारी व्यापारी कारवाहीमा, २० हजारसम्म जरीवाना

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, ३ साउन ।

    लगातारकाे वर्षापछि काठमाडाैंमा तरकारीकाे मूल्य अत्यधिक बढेकाे छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पुर्याएको असरका कारण तरकारीको भाउ बढेको बताइए पनि व्यापारीले यसकाे फाइदा उठाएकाे भन्दै शुक्रबार अनुगमन गरीएकाे छ ।

    यसै क्रममा अत्यधिक नाफा लिएर तरकारी बेच्ने बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई ठाउँको ठाउँ जरिवाना गरिएको छ। शुक्रबार बिहान स्थलगत अनुगमन गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले दुवै बजारका गरी १९ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो।

    अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारबाही गरेको यो पहिलोपटक हो। एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०-५० रुपैयाँ नाफा राखेर बेचेको पाइएपछि कारबाही गरिएको टोलीले जनाएको छ। अनुगमन जारी रहेको जनाइएको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast