शनिबार, मंसिर २८, २०७६
    लाइफस्टाइल

    तपाईंको बच्चाको उचाइ त ठीक छ ? यी हुन् उचाइ बढाउने उपाय

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३ साउन ।

    सन्तान अरुको अगाडि अग्लो देखियोस् भन्ने चाहाना सबैको अभिभावकमा हुन्छ । तर चाहेर पनि कति अभिभावकले आफ्ना सन्तानको हाइट अग्लो बनाउन सकिरहेका हुँदैनन् ।

    धेरै जसो बच्चाको हाइट उनीहरुका आमा-बुबाको अनुसार नै हुन्छ, जसलाई हामी बंशाणु (जेनेटिक) गुण भन्छौ । तर कहिलेकाहिं अग्ला आमा-बुबाका सन्तान पनि होचा हुने समस्या हुन्छ, जसको कारण हो हार्मोन ग्रोथ नहुनु ।

    आफ्ना बच्चाको उमेर अनुसार हाइट नबढ्नु अहिलेको अभिभावकमा चिन्ताको बिषय बनेको छ । त्यसो त केटाको हाइट २५ वर्षसम्म र केटीको हाइट १८ वर्षसम्म बढ्छ भन्ने आम मान्यता रहँदै आएको छ ।

    कम हाइटका कारण बच्चाको व्यवहार पनि परिवर्तन हुन सक्छ । 

     

    उचाइ बढाउने  उपाय 

    व्यायाम :

    बच्चालाई बिहान व्यायाम गराउन अति नै आवश्यक छ । बच्चा बिहान उठ्न गाह्रो मान्नु स्वभाविक नै हो, तर आफ्नो बच्चाको राम्रो स्वस्थको लागि अभिभावकको पनि केहि दायित्व हुन्छ । बच्चालाई डोरि खेल्न लगाउने, उर्फने र दौडने जस्ता व्यायामहरु गराउन सकिन्छ । बच्चाको राम्रो शारीरिक विकासका लागि साइक्लिङ पनि आवश्यक छ ।
     
    खानपानमा ध्यान दिनुपर्छ

    -बच्चलाई चना भिजाएर खान दिनुहोस् । चनालाई त्यसै खाँदा मीठो लागेन भने प्याज र गोलभेडा मिसाएर टिफिन पनि पठाउन सक्नु हुन्छ ।

    -दुध र दुधबाट बनेका चीजहरु बच्चालाई खान दिनुहोस् जस्तै दही, ध्यु, पनीर इत्यादि । दुधमा क्याल्सियमको मात्रा धेरै हुने भएकोले हड्डी बलियो बनाउनुको साथै हड्डीको विकास पनि हुन्छ ।

    -बच्चाको विकासको लागि भिटामिन डी पनि अति आवश्यक हुन्छ । भिटामिन डीको लागि बिहान र साँझको घाम राम्रो मानिन्छ । तपाई बच्चालाई बिहानको घाम राख्न सक्नुहुन्छ, यसले बच्चालाई भिटामिन डी प्राप्त हुन्छ । त्यस्तै बच्चाको खानामा मसरुम, पनीर, भटमास, बदाम र सुन्तला समावेश गर्न सक्नु हुन्छ ।

    -बच्चालाई अण्डाको पहेंलो भाग र हरीयो सागपात पनि खान दिनु पर्छ ।

     

    यस्तै :


    १. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसंग बढ्दैन । 

    २. बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । समय–समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न  सजिलो हुन्छ । 

    ३. बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस् । खेलकूदबाट बच्चाको हाइट बढ्न सघाउ पुुग्छ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ ।

    ४. बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ । 

    ५. बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस् । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धिमा असर पर्छ । दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast