मंगलवार, असोज ७, २०७६
    राज्य-समाज

    ओली सरकारविरुद्ध पार्टीभित्रबाटै प्रश्न उठ्नुका खास सात कारण

    शुक्रबार, ३ श्रावन २०७६, आहा खवर टिप्पणी.

    काठमाडौं, ३ साउन । 
    दुईतिहाइ बहुमतको सरकार बनेपनि प्रभावकारी काम हुन नसकेको भन्दै सरकारका प्रायः गतिविधिको आलोचना भइरहेको छ । विपक्षी दलका नेताले मात्र होइन, नेकपाकै नेताहरूले पनि गम्भीर प्रश्न उठाउन थालेका छन् । नेतृत्वको कार्यशैलीका कारण महत्वपूर्ण नीतिगत विषयमा पनि सरकार विवादित बन्ने गरेको छ । 


    कारण नम्बर १.
    केन्द्रीय नेताले नै बोल्ने आधिकारिक ठाउँ नपाउनु
    ४४१ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये सचिवालय र स्थायी समितिमा रहेका ३९६ नेताले बोल्ने ठाउँ पाएका छैनन् । केन्द्रीय समिति बैठक बस्न नसक्दा नेताहरु सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्न बाध्य छन् । कतिपय नेताले खुलेरै र कतिपयले सांकेतिक रुपमा नेतृत्वको आलोचना गरिरहेका भेटिन्छन् । 
    केन्द्रीय समितिको बैठक नबसेको १४ महिना भइसक्यो । यस बीचमा स्थायी समिति बैठक पनि दुई पटक मात्र बसेको छ । स्थायी समितिमा ४५ जना नेता छन् । नेतृत्व बाध्य भएपछि मात्र सचिवालय बैठक बस्ने गरेको छ ।  

    कारण नम्बर २. 
    कार्यदललाई काम गर्न नदिनु 
    अघिल्लो वर्षको पुस १२ गते स्थायी समितिले प्रदेश कमिटी सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजन लगायतका विषय टुंग्याउन कार्यदल गठन गरेको थियो । तर, नेतृत्वकै असहयोगका कारण ९ सदस्यीय कार्यदलले काम गर्न नसकेको गुनासो कार्यदल सदस्यहरुको छ । रामबहादुर थापा संयोजक रहेको कार्यदलमा विष्णु पौडेल, योगेश भट्टराई, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य थिए । केन्द्रीय सदस्यको कार्यविभाजन अझै हुन सकेको छैन् । 


    कारण नम्बर ३ . 
    पार्टी सञ्चालनमा घेरा
    नेकपामा दुई अध्यक्ष ‘क्याप्टेन’को भूमिका रहेको घोषणा एकीकरणको बेला गरिएको थियो । तर, पछिल्लो समय अध्यक्ष ओलीसँग प्रचण्डका मतभेद बाहिर आएका छन् । पार्टीका प्रस्ताव तयारी, एकीकरणका बाँकी कामलगायत विषयमा ओलीले महासचिव विष्णु पौडेलसँग छलफल, संवाद गर्छन् । प्रचण्डलाई पनि सन्तुलनमा राख्ने प्रयास पौडेलले गरे पनि ओलीकै रुचीमा प्रस्ताव तयार पार्छन । ओली गुटमै रहेका ईश्वर पोखरेलसहितका नेताहरुलाई समेत मुख्य घेरा बाहिर राखिएको चर्चा नेकपामा छ । 


    कारण नम्बर ४. 
    दलमा नेम्वाङको हालिमुहाली
    संसदीय दल सञ्चालनमा उपनेता सुवास नेम्वाङ हामी छन् । उनीबाट नै ओलीले रिपोर्टिङ लिने र निर्देशन दिन्छन् । प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभामा दलका नेता दिननाथ शर्मा, राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई र प्रतिनिधिसभामा दलकी सचेतक शान्ता चौधरी पार्टी लाइन के हो भन्ने नै बुझ्दैनन् । लाइन स्पष्ट हुन नेकपा सांसदहरु नेम्वाङ कार्यकक्ष सिंहदरबार पुग्छन् । त्यहाँ नपुग्ने सांसद आफुखुशी बोल्छन् । प्रमुख सचेतक देव गुरुङ नै संसदमा सरकारको आलोचना गर्ने अवस्थामा पुगे ।  


    कारण नम्बर ५. 
    नीतिगत छलफलमा शीर्ष नेता नै अनविज्ञ

    पार्टी र सरकारबीच समन्वय हुन नसकेको गुनासो शीर्ष नेताहरुबाटै आउन थालेको छ । पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री छन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग पार्टी संचालन गरेको अनुभव समेत छ । तर, ती अनुभव लिन ओली तयार छैनन् । ओलीले रणनीति बनाएपछि प्रचण्डसँग आवश्यकताअनुसार संवाद गर्छन । तर नेपाल, खनालसँग परामर्श गर्न रुचाउँदैनन् । 

    कारण नम्बर ६. 
    मन्त्री र सल्लाहकारमै विभेद

    सरकारमा प्रधानमन्त्री ओलीपछिको वरियतामा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । ओली तत्कालिन एमालेको अध्यक्ष बन्दा पोखरेल पनि उनकै समूहबाट महासचिव बनेका हुन् । तर, ओलीसँग सिधा पहुँच भने संचारमन्त्री गोकुल बास्कोटाले मात्र राख्ने गरेको गुनासो मन्त्रीहरुकै छ । 
    ओलीको सल्लाहकार समूहको नेतृत्व विष्णु रिमालले गरेका छन् । सचिवालयमा ठूलै समूह छ तर रिमाल हावी  छन् । रिमाल र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई बाहेक अरु सल्लाहकारले दोहोरो सम्वाद नै गर्न पाउँदैनन् । 

    कारण नम्बर ७.
    सांसदले अपनत्व महसुस गर्न नपाउनु

    नेकपा संसदीय दलको बैठक बेलाबेलामा हुने गर्छ । तर, बैठकमा सांसदमा सुझाव लिएर निर्णय गर्ने भन्दा पनि नेतृत्वबाट निर्णय लादिन्छ । 

    माथि उल्लेखित बाहेक पनि धेरै सानातिना कारण छन् जसले सरकारलाई रक्षात्मक बनाउने अवस्थामा मात्र लगेको छैन, चौतर्फी आलोचनाको वातावरण बनेको छ । सरोकारवाल निकायसँग परामर्श नै नगरी अघि बढ्दा समाजका प्रायः सवै क्षेत्र सरकारप्रति असन्तुष्ट छ । विषयबस्तु बुझी सच्चिएर अघि बढ्दा नै ओली र समग्र देशको हित हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast