आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    टिभिएसले ल्यायो अन्तराष्ट्रिय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

    शुक्रबार, ३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३ साउन । 

    नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गर्दै नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ । 

    जुन योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आर आर ३१० तथा अपाचे २०० ४ भी को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सक्नेछन् । २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० र २०० ४ भि भि २ कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

    साथै अपाचे आरआर ३१० तथा २०० ४ भि भि२ का खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १०,०००/– तथा ७,०००/– रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी रु १९,०९३/– र अपाचे २०० ४भि भि२  को लागि रु ११,२४५/– कायम गरिएको समेत कम्पनीले जनाएको छ । 

    नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका दीपक अग्रवालले टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा ग्राहकका लागि रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेको जनाकारी दिनुभयो ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast