सोमबार, भाद्र २, २०७६
    सावधान

    शिक्षामन्त्री न्युयोर्कमा, छिरिङले किन गरे प्रवासी मञ्चको आलोचना

    शुक्रबार, ३ श्रावन २०७६, सोनाम गेल्बु शेर्पा.

    अमेरिका, ३ साउन । 
    युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरममा सहभागी हुन अमेरिका आउनु भएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग प्रवासी नेपाली मञ्च अमेरिकाले अन्तक्र्रिया कार्यक्रम गरेको छ । 

     

    अन्तक्र्रियामा पोखरेलले नेपालको समसामयिक विषयबारे चर्चा गर्नुभयो । मुलुक संघीय संरचनामा गएसँगै नयाँ ढंगले काम भइरहेको उहाँले बताउनुभयो । मञ्चका अध्यक्ष टेक गुरुङले प्रवासी नेपालको अवस्थाबारे धारणा राख्नुभएको थियो । 

     

    मन्त्रीको कार्यक्रममा समन्वय नभएको भन्दै आलोचना समेत भएको छ । समन्वय नभएकोमा रामेछाप समाजका महासचिव छिरिङ ओंछुले आपत्ति जनाउनुभएको छ । ‘प्रवासी मञ्चको कार्यक्रममा किन विभेद गरियो । हामी अरु चाहिँ आप्रवासी होइनौँ र ?’ उहाँले प्रश्न गर्नुभयो । 
     

    विभेदको नीति नलिन सचेत गराउँदै उहाँले आगामी दिनमा आप्रवासी नेपालका सम्पूर्ण संस्थालाई खवर गर्न अनुरोध समेत गर्नुभयो ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast