बुधबार, भाद्र ४, २०७६
    धर्म-संस्कृति

    बौद्ध विहारको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन आग्रह

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २ साउन

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा रहेका बौद्ध विहारको संरक्षण र सम्बद्र्धनका साथै सरसफाइ तथा हरियालीका साथ स्वच्छ वातावरण निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।  

    नेपाल बज्रयान महाविहार सञ्चालन समितिको व्यवस्थापनमा महाविहारका पदाधिकारीलगायत काठमाडौँ उपत्यकाका महास्थविर र स्थविरसँग राष्ट्रपति कार्यालयमा आज भएको भेटमा उहाँले गुठीको संरक्षण तथा सम्बद्र्धन गर्न सरकारले सरोकार पक्षसँग छलफल गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

    उपत्यकाका अमूल्य निधि सांस्कृतिक सम्पदाको संरक्षण तथा संबद्र्धनमा गुठीहरुले पु¥याएको भूमिकाको पनि राष्ट्रपतिले सराहना गर्नुभएको भेटमा संलग्न महाविहारका धर्मगुरु प्रा डा नरेशमान बज्राचार्यले जानकारी दिनुभयो । 

    राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मभूमि नेपालमा दिगो शान्ति, स्थिरता र आर्थिक समृद्धि कायम गर्न बौद्ध धर्मगुरुहरुले पु¥याउनुभएको योगदानको कदर गर्दै निरन्तरता कायम रहोस् भन्ने कामना पनि गर्नुभएको थियो । 

    भेटमा महाविहारका धर्मगुरु प्रा डा बज्राचार्यले नेपाल परम्परागत बौद्धधर्म सङ्घको तत्वावधानमा लुम्बिनीमा निर्माणाधीन नेपाल बज्रयान महाविहारका बारेमा जानकारी दिनुभएको थियो । नेपालको मौलिक संस्कृत झल्किने उक्त महाविहार ३६२ वर्षपछि नेपालमा निर्माण हुन लागेको हो । 

    त्यस्ता विहार राजा प्रताप मल्लको पालापछि पहिलो पटक निर्माण हुुन लागेको प्रा डा बज्राचार्यले बताउनुभयो । सो महाविहार निर्माणमा नेपालका मौलिक प्रस्तरकला, काष्ठकला, इँटाकलालगायत प्रयोग गरिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast