मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    बुद्धको मूर्ति तोडफोडले धार्मिक सद्भावमा खलल पुग्दैन : सन्चारमन्त्री बाँस्काेटा

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २ साउन ।

    सरकारले रुपन्देहीमा भगवान् गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने जनाएको छ ।

    बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए ।

    बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याइने बताए ।नेत्रविक्रम चन्द नेतृत्वको समूहले शक्ति सन्चयका लागि वार्ता गर्न खोजेको भए सरकारले वार्ता नगर्ने उनको भनाइ थियो ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरीएका छन् । नेपाल बौद्ध महासंघले विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियाे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast