मंगलवार, असोज ७, २०७६
    आर्थिक खबर

    ह्वात्तै बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २ साउन ।

    नेपाली बजारमा लगातार ५ दिनदेखि स्थिर रहेकाे सुनकाे भाउ आज ह्वात्तै बढेकाे छ ।बिहीबार सुनको प्रतितोला मूल्य ५ सय रुपैयाँ बढेको हाे।

    करिव एक हप्तादेखि ६४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुन आज ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमानै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको ब्यवसायीहरु बताउँछन्।

    त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। अघिल्लो दिन ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast