सोमबार, भाद्र २, २०७६
    मुभी-थिएटर

    वास्तविक घटनामा आधारित

    सुपर ३० : बिहारका गणेश जसले ऋतिकलाई डेढ वर्षसम्म एक, दू, तीन, चार, पाँच, छौ भन्न सिकाए !

    बिहिवार, २ श्रावन २०७६, - मुभी थिएटर ब्यूरो आहा खबर.

    भागलपुर, बिहार , २ साउन ।

    भारतको बिहारमा गरीब बच्चालाई निःशुल्क आईआईटी प्रवेश परीक्षाको तयारीकक्षा चलाएका आनन्द कुमार मा बनेको बलिउड चलचित्र सुपर ३० अहिले रिलिज भैसकेको छ ।

    उक्त फिल्ममा आनन्दको भूमिका निर्वाह गरेका लिड एक्टर ऋतिक रोशनको अहिले निकै प्रशंशा छ ।

    रोशनले निर्वाह गरेको विहारी शिक्षकको भूमिका तथा त्यहाँ उनले प्रयोग गरेको बिहारी लवजको समेत चर्चा भैरहेको छ ।

    रोचक कुरा के भने उनै ऋतिकलाई भागलपुरका गणेश कुमारले १८ महिनासम्म बिहारी भाषा र लवज सिकाएका थिए ।

    स्वयम् गणेश समेत सो फिल्ममा पुलिस इन्स्पेक्टरको भूमिकामा देखिएका छन् । 

     

    एक, दू, तीन, चार, पाँच, छौ भन्न सिकाए

    १८ महिनासम्म ऋतिकलाई बिहारी लवज तथा उच्चारण सिकाएका गणेशले  क्लासपश्चात टेस्ट समेत लिएका थिए ।

    गणेशका अनुशार ऋतिकलाई शुरवातमा बिहारी सिक्न समस्या देखिएपनि पछि उनले कबर गरे ।

    गणेशले उनलाई बिहारी लवज जस्तै एक, दू, तीन, चार, पाँच, छौ आदी भन्न सिकाए । गणेशले अँग्रेजीलाई अंगरेजी भन्न पनि सिकाए ।

    थुप्रै फिल्मसमेत खेलेका गणेशले यसअघि पनि थुप्रैलाई बिहारी सिकाइसकेका छन् ।

    वास्तविक आनन्द कुमारका साथमा नायक रोशन 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast