बिहिवार, मंसिर १९, २०७६
    स्वास्थ्य

    गर्मीमा टाउको किन दुख्छ ? यस्ता छन् कारण र बच्ने उपाय

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २ साउन

    तापक्रम बढ्दै जादा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । ती मध्येको एक हो टाउको दुख्नु । तर, गर्मीका कारण टाउको दुख्यो भनेर चुप लागेर बस्नु हुँदैन । 

    टाउकोको दुखाई सामान्य अवस्थादेखि गम्भीर प्रकृतिको हुन्छ ।

    टाउको दुख्नुको मुख्य कारण : 

    - लामो समयसम्म मोबाईल, कम्प्युटर चलाउदा, टिभी हेर्दा ।
    - चिया, कफी, धुम्रपान, मद्यपान ।
    - अनावश्यक तनाव ।
    - पिनास ।
    - चर्को घाममा हिड्नाले ।

    उपचार :
    - मोबाईल, कम्प्युटर जस्ता इलेक्ट्रोनिक सामान लामो समयसम्म प्रयोग गरेर टाउको दुुुखेको बेला कन्चट, घाँटी र निधारमा औंलाले हलुका मसाज गर्नु पर्छ । साथै केहीबेर आँखा चिम्लेर आराम गर्ने । 
    - कागती र अदुवाको रस समान मात्रामा मिसाएर तबसम्म पिउने जबसम्म निको हुँदैन ।
    - पिनास, रुघा र माइग्रेनले हुने टाउको दुखाईमा सुठो वा अदुवाको पेस्ट बनाएर निधारमा लेप लगाउने ।
    - पानी प्रशस्त र नियमित सेवन गर्ने । 
    - भोक लागेको बेला जथाभावी खाना खानु भन्दा पनि स्वस्थकर खाना खाने ।
    - घाममा हिँड्दा छाताको प्रयोग गर्ने । सकेसम्म घाममा बाहिर ननिस्कने ।
    - धनिया र पुदिनाको पातको पेस्ट बनाएर निधारमा लगाउने ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast