काठमाडौँ, २ साउन
नेपालमा सहज रूपमा उपलब्ध हुने स्वास्थ्यमैत्री खाद्य पदार्थमध्ये मेथी एक हो । मेथी नेपाली भान्सामा नियमित प्रयोग हुने मसला हो ।
मेथीलाई आयुर्वेदमा बहुगुणी र बहुआयामिक औषधिका रूपमा व्याख्या गरिएको छ । त्यसैले, यसलाई बहुगुणी वनस्पति मानिन्छ । मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा र चिया आदि जे रूपले पनि खान सकिन्छ । अब जानौँ मेथीबाट बन्ने परिकारबारे :
- मेथीको कलिलो मुन्टाको साग खान सकिन्छ । यो निकै मीठो हुन्छ ।
- मेथीको दानालाई एक रात भिजाउने । भोलिपल्ट उमालेर मसला र कागतीको रस मिलाएर अचार बनाएर खान सकिन्छ ।
- मेथीको पत्तालाई सुकाएर तन्दुरी चिकेनमा मोलेर खाँदा स्वादिष्ट र वासनादार हुन्छ ।
- मेथीको पत्ताको चिया बन्छ । त्यस्तै, मेथीको तेल पनि आउँछ । यी दुवै स्वस्थ्यका लागि राम्रो मानिन्छन् ।
- तोरीको तेलमा मेथीको दाना झान्ने । अनि, ताजा अचार र छोइलामा पुनः झानेर खाएमा स्वादमा फरकपन पाउनुहुन्छ ।
- चाम्रे भात अर्थात् चास्नी चावल पकाउँदा पनि घिउमा मेथी फुराउनाले स्वादमा फरक ल्याउँछ ।
- मेथीलाई एक रात भिजाएर टुसा उमार्ने । अनि, तरकारी बनाएर खाएमा त्यो स्वादिष्ट हुन्छ ।
- दाल–मेथी, आलु–मेथी र मेथी–पकौडाजस्ता अनेकौँ परिकार बनाएर खान सकिन्छ ।
- मेथी भिजाएको पानी पनि नियमित पिउन सकिन्छ । जसले स्वस्थ्यमा अनेक फाइदा मिल्छ ।
- मेथीलाई परठा बनाएरसमेत खान सकिन्छ ।
- पनिरमा मेथीको साग मिसाएर तरकारी बनाउन सकिन्छ ।
- मेथीको साग र माछाको झनै गज्जब तरकारी बन्छ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com