शनिबार, मंसिर २८, २०७६
    कला-सौन्दर्य

    के गर्दैछिन् अभिनेत्री करिना ? एक दिनमै तीन करोड पाइन्

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २ साउन ।
    भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले तीन करोड रुपैयाँ लिएकी छन् । उक्त रियालिटी सोको प्रिमियर १२ जुनमा गरिएको थियो ।

     

    करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको समाचार अन्नपूर्ण पोस्टमा छ । 

    अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारि श्रमिक भुक्तानी गरेको छ । करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारिश्रमिक पाउनु राम्रो कुरा हो । टेलिभिजनमा अझै बढी मेहनत गर्नुपर्ने र आफू त्यसका लागि तयार भएको पनि उनले बताएकी छन् ।

    बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन् । तर करिनाले यो घेरा तोडेकी छन् । टीभी सोका साथै करिना अक्षय कुमार, दिलजित दोसाँझ र कियारा अड्वानी स्टारर फिल्म ‘गुड न्युज’मा पनि देखिँदै छिन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast