मंगलवार, असोज ७, २०७६
    खेल संसार

    फिफा बरियताको शीर्ष ३४ भित्र नेपाल, विश्वकप छनोटको समूह ‘बी’मा भिड्ने

    बुधबार, १ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १ साउन । 

    विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार निकालेको 'ड्र' अनुसार नेपाल समूह ’बी’ मा परेको हो ।

    एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

    नेपाल रहेको समूहमा अष्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन रहेका छन् । फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधैं दोस्रो चरणको छनोट खेल्न पाएको हो । आठ समूहमा विभाजन गरिएको दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

    छनोटबाट आठ समूह विजेता र चार उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । नेपाल सहज समूहमा रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast