काठमाडौं, १ साउन ।
खानाका सौखिनहरुका लागि लाफिंग मेनुमा रहेको राम्रो विकल्प बनेर आएको छ । साना स्टल देखि रेष्टुरेन्ट सम्ममा पाइने यो लाफिंग घरमा नै बनाएर खान सकिन्छ । घरमा बनाएको लाफिंग स्वादिष्ट साथै स्वस्थकर पनि हुन्छ ।
यल्लो लाफिंग बनाउनको लागि विधि :
मैदाको पीठो मुछ्ने र त्यसलाई एउटा भाँडोमा राख्ने ।
त्यसलाई एउटा भाँडोमा राख्ने र त्यो भाँडोमा पानी राख्ने ।
अब त्यो पीठो त्यही पानी भित्र मिच्ने र केही छिन मिचेपछि पानी छान्ने ।
त्यो पानीलाई नहाल्लाई चार घण्टा राख्ने ।
अघि मिचेपछिको पीठोलाई राम्रो संग पखाल्ने , निचोर्ने गरेर एउटा भाँडोमा आधा घण्टा छोपेर राख्नुपर्छ ।
आधा घण्टा पछि त्यो भाँडोलाई म:म को भाँडोमा बफ्याउनुपर्छ ।
त्यसपछि त्यसलाई काट्नुपर्छ ।
अब एउटा भाँडोमा तेल तताउने र त्यसमा अदुवा, मरिच, तेज्पत्ता फुराउने र खुर्सानीको धुलोमा छानेर राख्ने ।
त्यसमा नुन थपेपछि चिल्ली सास तयार हुन्छ ।
त्यसपछि लाफिंग सास तयार गर्नुपर्छ । यसको लागि लसुन अदुवालाई थिचेर पानीमा केही छिन भिजाउनुपर्छ ।
अब एउटा कचौरामा हरियो प्याज, भिजाएको लसुनअदुवा, सोया सस, तिलको तेल, भेनेगर, चिल्ली सस नुन, भुटेको तिल राखेर राम्रो संग चलाउनुपर्छ ।
अघि पीठो मिचेर निकालेको पानीलाई नहाल्लाई एउटा भाँडोमा राख्नुपर्छ । त्यसमा फुड कलर राखेर मिक्स गर्नुपर्छ ।
एउटा प्लेटमा तेल लगाउनुहोस् त् फुड कलर मिक्स गरेको पानी राखेर ममको भाँडोमा बफ्याउनुपर्छ ।
अब त्यसको माथी पनि तेल लगाएर चारैतिरबाट उप्काउनुपर्छ ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com