बिहिवार, मंसिर १९, २०७६
    कला-सौन्दर्य

    ४२ वर्षकाे उमेरमा बेहुली बन्दा यस्ती देखिइन पुजा

    बुधबार, १ श्रावन २०७६, आहाखबर

    मुम्बई, १ साउन ।

    बलिउड कलाकार पूजा बन्ना ४२ वर्षकाे उमेरमा बेहुली बनेकी छिन् । पूजा बन्ना र नवाब शाह विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुका बिहेका तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

    खासमा ३ तस्वीर सामाजिक सञ्जालमा खुबै शेयर भइरहेका छन् । एक तस्वीरमा नवाज र पूजा सिल्भर लूकमा दखिएका छन् । बाँकी दुई तस्वीर बिहेका हुन् । पूजाका तस्वीरमा फ्यानले बधाई दर्शाएका छन् । लामो समयसम्म सिङ्गल रहेकी पूजाको यो दोस्रो बिहे हो ।

    पूजाले सोनु एस आहलुवालियासँग २००३ मा बिहे गरेकी थिइन् । पछि उनले सन् २०११ मा डिभोर्स दिएकी थिइन् । यो बिहेलाई लिएर पूजा पहिले चुप थिइन् । तर पछि बिहेका बारेमा पनि बताएकी छिन् ।

    उनले आर्य समाज मन्दिरमा गएर बिहे गरेको बताइन् । उनीहरुले आफ्नो बिहे दर्ता पनि गराएका छन् । पूजा र नवाज पछिल्लो पाँच महिनादेखि डेटमा थिए । यी दुई एकै क्षेत्रमा भएका कारण भेट भएका थिए । त्यसपछि उनीहरुबीच निकटता बढेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast