बुधबार, भाद्र ४, २०७६
    धर्म-संस्कृति

    साउनको रमझम : हरियो चुरा, हरियै मेहेन्दी ! किन चढाइन्छ शिवलाई जल ?

    बुधबार, १ श्रावन २०७६, आहाखबर

    १ साउन, काठमाडौं ।

    साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ ।  रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।

    पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्त्वका रूपमा लिइन्छ ।

    साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।

     

    शिवलाई जल !

    भागवत महापुराणमा समुद्र मन्थन कथा अनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष निस्किन्छ । सारा सृष्टि नै समाप्त पार्नसक्ने विष निस्किएपछि हाहाकार मच्चिन्छ । त्यसपछि भगवान विष्णुले देवताहरुलाई सल्लाह दिन्छन्- जाऊ भोलेनाथसँग पुकार गर । उनले मात्र यो विष पिउन सक्छन् ।

    देवताहरुको अनुनय विनयपछि शिवले त्यो विष पिइदिन्छन् र घाँटीमा अड्काएर राख्छन् । कालकुट भनिने त्यही विष घाँटीमा रहेका कारण शिवको घाँटी निलो हुन्छ । त्यसैले शिवलाई अर्को नाम ‘निकलण्ठ’ भनेर पुकार्न थालियो ।

    त्यो विषको असर यति भयानक थियो कि शिवको शरीरमा असर देखिन थाल्यो । पीडा शान्त पार्नका लागि उनको शरीरमा जल (पानी) चढाउन थालियो । उनले शीतल महसुस गर्न थाले अनि प्रसन्न पनि भए । त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा सुरु भएको बताइन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast