सोमबार, भाद्र २, २०७६
    सावधान

    सामाजिक सञ्जालमार्फत यसरी पनि हुन्छ ठगी

    बुधबार, १ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १ साउन । 
    सामाजिक सञ्जाल इमो, भाइबर, फेसबुक, ह्वाट्समार्फत झन्डै पाँच करोड रुपैयाँ ठगी गर्ने गिरोहका मुख्य अभियुक्तसहित तीनजना पक्राउ परेका छन् । महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख, महोत्तरीकै गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन र भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद पक्राउ परेका हुन् ।

    महानगगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले ठगी धन्दाको मुख्य योजनाकार भारतीय नागरिक जावेद रहेको बताए ।

    प्रहरीकाअनुसार ठगी धन्दाका लागि उनीहरूले  ‘तारा ग्याजेड्स’ नामको पेज बनाएका थिए । पेजमा ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी तथा विभिन्न श्रृंगारिक सामग्रीको फोटो अपलोड गर्थे । पेजलाई केही अवधि बुस्ट गर्थे । सामग्री खरिद गर्न चाहनेका लागि सम्पर्क नम्बर पनि पेजमै छाडिदिन्थे । लोभिएका सर्वसाधारण सोही नम्बरमार्फत उनीहरूसँग सम्पर्क गर्थे । पेजमा मन परेको सामग्रीको मोलमोलाइ गर्थे । मूल्यमा सहमति भएपछि रकम भुक्तानीका लागि विभिन्न बैंकको खातानम्बर दिन्थे । खातामा रकम जम्मा भएपछि  उनीहरू एकाएक गायब हुन्थे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast