आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    सन्दर्भ ३५ औं वार्षिकोत्सव : नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

    मंगलवार, ३१ आषाढ २०७६, आहाखबर

    काठमाडौं, ३१ असार । 

    नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा पारेर गएको शनिबार मीनभवन नजिकको वागमती नदी किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । 

    संस्था स्थापनाको ३५ औं वर्षगाँठको उपलक्ष्यमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यसाथ यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।  

    बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरिएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast