आईतवार, भाद्र २९, २०७६
    ओएमजी Omg!

    ५ भाइको एक्ली श्रीमती…

    मंगलवार, ३१ आषाढ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    एजेन्सी, ३१ असार । 

    छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् । जो हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन् । राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुसी छिन् ।

    त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।

    महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग गतवर्ष भएको थियो । राजोलाई यो कुरा थाहा छैन कि उनको बच्चा ५ भाइ मध्ये कसको हो ?

    तथापी राजो आफ्ना पाँचै पतिसँग खुसी छिन् । देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast