सोमबार, भाद्र २, २०७६
    शेयर बजार

    नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको शेयर बिक्री प्रकृया थाल्यो

    मंगलवार, ३१ आषाढ २०७६, आहाखबर

    काठमाडौं, ३१ असार । 

    नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को शेयर बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । 

    प्रति शेयर न्यूनतम  १०३२ रुपैयाँका दरले शेयर बिक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेन्जले राष्ट्र बैंकको शेयर बिक्री गर्न छलफल थालेको छ। राष्ट्र बैंकले गत मंसिर ४ गते नेप्सेलाई पत्र लेखेर शेयर बिक्री सहजीकरणका लागि आग्रह गरेको थियो ।

    नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र ब्रोकरको ०.६२ प्रतिशत शेयर हिस्सा रहेको छ।राष्ट्र बैंकले नेप्सेमा रहेको १७ लाख २९ हजार ९८९ कित्ता शेयर बिक्री गर्न लागेको हो। १०० रुपैयाँ अंकित दरका शेयरलाई राष्ट्र बैंकले प्रिमियमसहित बिक्री गर्न लागेको हो ।

    किन्न चाहनेले भदौ २ गतेभित्र आवेदन दिइसक्नु पर्छ । सर्वसाधारणले शेयर खरीद गर्न पाउने छन्। बैंक तथा वित्तीय संस्था तथा सुचिकृत संस्थाले मात्र खरीद गर्न पाउने छन्।सरकारले बनाएको वित्तीय क्षेत्र विकास रणनीतिमा आर्थिक वर्ष २०७४/७५ भित्र नेप्सेको स्वामित्व पूर्ण रूपमा हस्तान्तरण गर्ने उल्लेख छ। जसकालागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले कार्यान्वन गर्नु पर्ने उल्लेख छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast