आईतवार, भाद्र २९, २०७६
    यातायात

    मध्यपहाडी लोकमार्गको खुर्काेट–घुर्मीखण्डको पहिरो हटाइँदै

    सोमबार, ३० आषाढ २०७६, आहाखबर
    काठमाडौँ, ३० असार 
     
    अविरल वर्षाका कारण पुष्पलाल मध्यपहाडी लोकमार्गको खुर्काेट–घुर्मीखण्डमा झरेको पहिरो हटाउने कार्य तीव्ररुपमा भइरहेको छ । ६० किलोमिटर क्षेत्रको उक्त खण्डमा अहिले छ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम दु्रतरुपमा भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्गका सुपरभाइजर एकराज पौडेलले जानकारी दिनुभयो ।
     
    खुर्काेट– घुर्मीखण्डको हैवार क्षेत्रमा करीब १०० मिटर लामो पहिरो गएको छ । कालीआँप, कुखुरेटार, वितिजोरलगायतका क्षेत्रमा गएको पहिरोले लोकमार्गमा निकै ठूलो क्षति पुर्याएको छ । पहिरो पन्छाएर त्यस क्षेत्रमा छिटो भन्दा छिटो सडक सुचारु गर्ने कार्य तदारुकताका साथ भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 
     
    त्यस क्षेत्रमा सयांैको सङ्ख्यामा झरेको पहिरो हटाउन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट सामूहिक प्रयास र पहल भइरहेको छ । 
     
    उक्त लोकमार्गसँग जोडिएर शाखा सडकका रुपमा घर टोलमा जसरी पनि बाटो पु¥याउनुपर्छ भनी आवश्यक अध्ययन र विश्लेषण नगरी अन्धाधुन्ध डोजरले प्रयोग गरी खनिएका सडक नै अहिले विपद् निम्ल्याउने कारण भएको नेता न्यौपानेले बताउनुभयो । उक्त लोकमार्ग अवरुद्ध हुँदा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलगायतका जिल्लाका सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast