आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    विश्वकप क्रिकेटको ‘टिम अफ दि टुर्नामेन्ट’ मा को–को परे ?

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    एजेन्सी, ३० असार

    १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार न्युजिल्यान्डका कप्तान केन विलियम्सनको कप्तानीमा ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक गरेको हो ।

    आईसीसीले सार्वजनिक गरेको प्लेइङ इलाभेनमा विश्वविजेता इंग्ल्यान्डका चार, उपविजेता न्युजिल्यान्डका तीन, अष्ट्रेलिया र भारतका समान २-२ तथा बंगलादेशका एक खेलाडी टिममा परेका छन् ।

    टिममा कप्तान विलियम्सनसँगै जेसन रोय, रोहित शर्मा, शकिब अल हसन, बेन स्टोक्स, जेम्मि निशम, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जस्प्रित बुम्राह टिममा परेका छन् ।

    इंग्ल्यान्डका ज्यासन रोय, जोइ रुट, बेन स्टोक्स र जोफ्रा आर्चर टिममा परेका छन् । त्यस्तै, न्युजिल्यान्डका कप्तान केन विलियम्सन, कोकी फर्गुसन र तीव्र गतिका बलर ट्रेन्ट बोल्ट टिममा अटाएका छन् ।

    अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारी र तीव्र गतिका बलर मिचले स्टार्क टिममा छन् । यता, भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा र तीव्र गतिका बलर जस्प्रित बुमराह छन् । बंगलादेशका अलराउण्डर शकिब अल हसन पनि टिममा परेका छन् ।

    दक्षिण अफ्रिका, वेष्ट इन्डिज, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका खेलाडी भने विश्वकप प्लेइङ इलाभेनमा पर्न असफल भएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast