बिहिवार, मंसिर १९, २०७६
    सावधान

    यस्ताे छ अबकाे ३ दिनकाे माैसम : खतरा कायमै, माैसमविद् भन्छन्- सचेत रहनुहाेस्

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौं, ३० असार ।

    मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभर नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    बुधवारबाट न्यून चापीय क्षेत्र बंगालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले सोमवार र मंगलवारको तुलनामा बुधवारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताइन् ।

    ‘आज (सोमवार) र भोलि (मंगलवार) लाई सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ मौसमविद् नगरकोटीले भनिन् । सोमवार देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

    वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो । यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ । 

    बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमवार र मंगलवार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधवारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ । 

    वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेकाले बाँध खोलेर नियन्त्रित निकास गुर्नपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast