आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    यस्ताे छ ग्रीजम्यानले १७ नं जर्सी रोज्नुको कारण

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडाैं, ३० असार ।

    फ्रान्सेली विश्वकप विजेता एन्टोनी ग्रीजम्यानले बार्सिलोनामा जर्सी नं १७ पाएका छन्। उनी आफैंले जर्सी नंबर १७ रोजेको मार्काले जनाएको छ।

    ग्रीजम्यानले देशका लागि जर्सी नं ७ लगाउँछन्। उनले एथ्लेटिको मड्रिडमा पनि ७ नंबरकै जर्सी लगाउँथे। त्यस अगाडि रियल सोसियाड्याडबाट पनि उनी ७ नंबरकै जर्सी लगाउँथे। बार्सामा अनुबन्ध भएपछि भने उनलाई ७ नंबरकै जर्सी पाउन मुश्किल थियो। कारण बार्सिलोनामा जर्सी नं ७ ब्राजिलका स्टार फिलिप कोटिन्होले लगाइरहेका छन्।

    विकल्प स्वरुप अर्कै जर्सी नंबर छान्नु उनको बाध्यता थियो। सोही कारण ग्रीजम्यानले जर्सी नं १७ रोजेका हुन्। यद्यपी उनले जर्सी नंबर १७ लगाउनुको अर्थपूर्र्ण कारण पनि छ। ग्रीजम्यानले देशका लागि खेल्दा सुरुवातमा जर्सी नंबर १७ लगाएका थिए। उनले रियल सोसियाड्याड र एथ्लेटिको मड्रिडमा समेत जर्सी नंबर १७ बाट खेलयात्र सुरुवात गरेका थिए।

    पछि उनले सबैतिर जर्सी नंबर ७ पाए। यसको मतलब ग्रीजम्यान फेरि पनि जर्सी नं ७ पाउने आशामा जर्सी नंबर १७ रोजीरहेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast