आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    कोहलीको साटो रोहितलाई कप्तान बनाउन सकिन्छ : बीसीसीआई

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौं, ३० असार ।

    क्रिकेट विश्वकपको सेमीफाइनलमा न्युजील्यान्डसँग हारेपछि भारतीय टीममा अनेकौं परिवर्तन गर्न सकिने कुरा उठेकाे छ । बीसीसीआईका एक अधिकारीका अनुसार, विराट कोहलीलाई हराएर रोहित शर्मालाई एकदिवसीय र टी२० को नियमित कप्तान बनाउन सकिने सम्भावना छ । कोहली चाहिँ टेस्टका कप्तान बनिरहन सक्छन् । 

    आईएएनएस समाचार संस्थासँग कुराकानी गर्दै एक अधिकारीले बताए, ‘टीमलाई झन् राम्रो बनाउन परिवर्तनको प्रक्रिया छिट्टै शुरू गरिनेछ । रोहित शर्माले एकदिवसीय टोलीको कप्तानी सम्हाल्ने बेला भयो अब । उनी यसका लागि मानसिक रूपमा तयार पनि छन् । यसका लागि अहिलेका कप्तान र टीम व्यवस्थापनले पनि समर्थन गर्नुपर्छ ।’

    उनले कप्तान कोहली र उपकप्तान शर्माबीच विवाद रहेको भन्ने कुरा अफवाह मात्र भएको बताए । उनले भने, ‘पुराना कुरा गर्ने बेला अहिले हैन, अब अगाडिका लागि तयारी गर्नुपर्छ । आगामी विश्वकपका लागि अहिलेदेखि नै तयारी गर्नुपर्छ । नयाँ तरिकाले टीमको तयारीमा विचार गर्नुपर्छ र नयाँ योजना बनाउनुपर्छ । टीमलाई नयाँ तरिकाले हेर्न र केही विशेष क्षेत्रमा परिवर्तन गर्न जरूरी छ । रोहित यसका लागि सबभन्दा राम्रो विकल्प हुन सक्छन् ।’

    छिट्टै एउटा समीक्षा बैठक बस्ने पनि उनले बताए । त्यसमा प्रशिक्षक रवि शास्त्री, कप्तान विराट कोहली र चीफ सेलेक्टर एमएसके प्रसाद उपस्थित हुनेछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast