आईतवार, भाद्र २९, २०७६
    ओएमजी Omg!

    एउटै परेवा साढे १५ कराेडमा लिलाम !

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडाैं, ३० असार ।

    हामीले हाम्राे टाेलछिमेकमा परेवाकाे किनबेच गर्ने गरेका छाैं । सामान्यतया एकजोडी परेवाको ५ सय देखि १ हजार रुपैयाँ सम्म किनबेच हुन्छ । तर, एउटा परेवाको मूल्य साढे १५ करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

    याे वास्तविक हाे । युरोपको बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । बीबीसीका अनुसार, अर्मान्डो नाम दिईएको एउटा परेवा १.२५ मिलियन यूरो अर्थात नेपाली रुपैयाँ १५ करोड, ५६ लाख ३० हजार ५६२ मा लिलामी भएको छ ।

    तर, त्यो परेवा भने कुनै साधारण प्रकारको होइन होइन । त्यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको थियो । त्यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिदै आएको छ ।

    हुन त साढे १५ करोड मुल्य पर्ने परेवा त्यो मात्र पनि होइन, यसअघि पनि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । अहिलेको अर्मान्डो परेवाले त्यो रेकर्ड तोडेपछि यसको चर्चा भएको हो । काठमाडाैं,त्यो परेवा २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको थियो । अर्मान्डो अहिले ५ वर्षको भयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast