आईतवार, भाद्र २९, २०७६
    ओएमजी Omg!

    कुवेतमा तीन नेपालीको मृत्यु

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ३० असार ।
    खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

    शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको समाचार समाचारपत्रमा छ । 

    आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । 

    ‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उहाँको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ’–उनले भने । 

    आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइएपनि अन्य नेपाली हुन् /होइनन् भनेर प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast