मंगलवार, असोज ७, २०७६
    खेल संसार

    बाउन्ड्रीको कमाल !

    इङ्ल्यान्ड नयाँ विश्व विजेता, न्युजिल्यान्ड सुपर ओभरमा पराजित

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार । 

    इङ्ल्यान्ड आईसीसी क्रिकेट एकदिवसीय विश्वकप - २०१९ को नयाँ च्याम्पियन बनेको छ ।

    आइतबार लन्डनमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो । 

    सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए।

    स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे। 

    न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए।

    पहिलो बल बाइड भयो । दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १३ रन जोडे । अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो । जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट हुँदा इंग्ल्यान्ड विजयी भयो ।

    त्यसअघि इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाउँदा सुपर ‌ओभरबाट विजेताको टुंगो लगाइएको थियो ।

    पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो । जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो । 

    अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा छक्का प्रहार गरे ।

    चौथो बल ओभर थ्रो हुँदा ६ रन भएको थियो। पाँचौ बलमा २ रन लिने क्रममा अदिल रसिद रन आउट भएका थिए। अन्तिम बलमा जितका लागि १ रन चाहिएको अवस्थामा २ रन लिने क्रममा मार्क उड रनआउट भए । 

    रनआउट भएसँगै इंग्ल्यान्ड ५० ओभरमा २४१ रनमा अलआउट भयो । 

    बेन स्टोक्सले इंग्ल्यान्डका लागि सबैभन्दा बढी स्टोक्सले नटआउट ८४ रन जोडेपनि जितका लागि १ रन पर्याप्त हुन सकेन । उनले ९८ बलमा ५ चौका र २ छक्का हिर्काए ।

    जोस बटलरले ५९ रनको योगदान दिए। उनले ६० बलमा ६ चौका हिर्काए। ओपनर जासन रोए १७ रन र उनका पार्टनर जोनी बायस्टो ३६ रनमा लकी फर्ग्युसनबाट बोल्ड भए। जोए रुट ३० बलमा ७ रन र कप्तान इयान मोर्गान २२ बलमा ९ रन जोडेर आउट भए ।

     

    सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो ।

     

    क्रिस ओएक्स २ रन, लियाम प्लङ्केट १० रन र जोफ्रा आर्चर शून्यमा आउट भए ।

    बलिङमा न्युजिल्यान्डका जेम्स निसम र लकी फर्ग्युसनले ३-३ विकेट लिए। मार्ट हेनरी र ग्रान्ड डेहोमले १-१ विकेट लिए । अन्तिम ओभरमा २ ब्याट्सम्यान रन बउ६ भए । 

    त्यसअघि लन्डनस्थित लर्डसमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो ।

    न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए । उनले ७७ बलमा ४ चौका प्रहार गरे ।

    ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए। कप्तान केन विलियमसनले ३० रनको योगदान दिए । रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे।

    जेम्स निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन बटुले । टम लाथम ४७ रन बनाएर आउट भए । उनले ५६ बलमा २ चौका र १ छक्का हिर्काए ।

    बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३-३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १-१ विकेट हात पारे ।

    सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो ।

    म्यान अफ दि म्याच बेन स्टोक्स भएका छन् 


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast