आईतवार, भाद्र ८, २०७६
    स्वास्थ्य

    लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ?

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार 

    घर हाेस या बजार । जहाँ पनि लामखुट्टेले टाेकेर मानिसलाइ आजित बनाएकाे छ । लामखुट्टेकाे टाेकाइबाट जाेगिन मानिसले अनेक उपायहरू अपनाउँछन् । तर एक अध्यननले ओ पोजेटिभ रक्त समुह भएका मानिसलाई लामखुट्टेले बढी टोक्ने देखाएको छ ।

    जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित अध्ययन अनुसार ओ पोजेटिभ भएका मानिसलाई अन्य रक्त समुह भएकाहरुको तुलनामा बढी टोक्ने गरेको बताइएको हो ।

    रक्त समूह ए, बी र एबीको तुलनामा ओ पोजेटिभ भएको अवस्थामा लामखुट्टे बढी आकर्षित हुन्छ । लामा खुट्टेले ओ पछि रक्त समूह ए, बी र एबी मन पराउने बताइएको छ ।

    गर्भवती महिला : लामखुट्टेबाट अन्य अवस्थामा भन्दा गर्भवती महिलाहरु बढी जोखिममा हुन्छन् । अध्ययनले बताए अनुसार सामान्य अवस्थाका मानिस भन्दा लामुखट्टेले गर्भवती अवस्था मानिसलाई टोक्न रुचाउँछ । बढी ऊर्जा (मेटाबोलिजम रेट) खर्चिने मानिसमा लामखुट्टे आर्कर्षित हुन्छन् । गर्भवती महिलाले अन्यको तुलनामा अझै बढी मेटाबोलिजम निस्काशन गर्छन् ।

    मस्क्युटो म्यागनेट : लामखट्टेले बढी टोक्न सक्ने अवस्था तपाईको बंशाणुगत जिनले निम्त्याउन सक्छ । मस्क्यूटो म्यानेट जिन भएका मानिसप्रति लामखुट्टे बढी आर्कशित हुने सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा उल्लेख छ । मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast