आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    विश्वकप फाइनल : न्यूजिल्याण्डको चौथो विकेट पतन

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार । 

    इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा न्यूजिल्याण्डलाई चौथो झट्का लागेको छ ।

    उपाधिको लक्ष्यसहित घरेलु टोली इङ्ल्यान्डविरुद्ध खेलिरहेको न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा चौथो विकेट गुमाएको हो ।

    तेस्रो विकेटका रुपमा ओपनर हेनरी निकोलसलाई ५५ रनमा गुमाएको न्युजिल्यान्डले चौथो विकेटका रुपमा रोस टेयलर गुमाएको हो । रोस १५ रनमा क्रिस वोक्सको बलमा एलबिडब्लुको शिकार भए ।

    यसअघि हेनरी ७७ बलमा ४ चौका प्रहार गर्दै लियाम प्लंकेटको बलमा बोल्ड भएका थिए । कप्तान केन विलियम्सन ३० रनमा प्लंकेटको बलमा जोस बटलरमार्फत क्याच भए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast