आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    न्यूजिल्याण्डलाई तेस्रो झट्का, हेनरी निकोल्स ५५ रनमा आउट

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार । 

    इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा न्यूजिल्याण्डलाई तेस्रो झट्का लागेको छ ।

    न्यूजिल्याण्डका हेनरी निकोल्स ५५ रन बनाएर आउट भएका छन् । उनलाई इंग्ल्याण्डका लायम प्लुम्केटले आउट गरेका हुन् । ७७ बलको सामना गरेका निकोल्सनले चार चौकाको मद्दतमा अर्ध शतक पुरा गरेका थिए ।

    पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २९ ओभरमा तीन विकेट गुमाएर एक सय  २३ रन जोडेको छ । कप्तान केन विलयमसन ३० रनमा आउट भए । मार्टिन गुप्टिलले १९ रन जोडे ।

    टोलीले २९ रन जोड्दा गुप्टिल आउट भए । सातौँ ओभरको दोस्रो बलमा गुप्टिललाई क्रिस वोक्सले एलबीडब्लु धरापमा पारे । टोलीले एक सय २ रन जोड्दा दोस्रो विकेटका रुपमा विलियमसन एलबीडब्लु धरापमा परे ।

    अम्पायर कुमार धर्मसेनाले आउट नदिएपछि इङ्ल्यान्डले रिभ्यु अपिल गरेको थियो। इयाम प्लङकिटले विलियमसनको विकेट हात पारे । प्रतियोगितामा उनी न्युजिल्यान्डका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान थिए ।

    बिहानीपख हल्का वर्षा भएका कारण टसमा केही ढिलाई भएपछि खेल करिब १५ मिनेट ढिलो शुरु भएको थियो, तर खेल पूरै ५० ओभरको हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast