आईतवार, भाद्र ८, २०७६
    अावास-निर्माण

    निजगढ विमानस्थल बनाउन ७ देशबाट प्रस्ताव, ३ खर्ब लागत !

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    निजगढ, २९ असार ।

    २ वटा धावनमार्गसहितको ६ करोड यात्रु क्षमता हुने भनिएको निजगढ विमानस्थलको पहिलो चरणको काम गर्न ९० अर्ब लागत लाग्ने कोरियाली कम्पनीले सन् २०११ मा गरेको अध्ययनले देखाएको थियो । तर अहिलेसम्म त्यो अनुमानमा धेरै बृद्धि हुने सरकारी अधिकारीहरुको अनुमान छ।

    बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन छिमेकी भारतसहित सात देशबाट प्रस्ताव परेको छ । गएको चैतमा सम्पन्न लगानी सम्मेलनका क्रममा आयोजनाका लागि उक्त प्रस्ताव परेको हो ।

    लगानी बोर्डले दिएको जानकारीअनुसार आयोजना बनाउन सरकारी तथा गैरसरकारी कम्पनीले प्रस्ताव गरेका छन्। कतार, थाइल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, मलेसिया, भारत र साउदी अरबाट प्रस्ताव आएको बोर्ड निकट स्रोतले जानकारी दियो ।

    आयोजना बनाउने भन्दै परेका प्रस्तावको अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । बोर्डले सम्मेलनका क्रममा प्रस्तुत गरेको उक्त आयोजना बनाउन ३ खर्ब लागतकाे अनुमान गरिएको छ ।

    बोर्डमा आएका प्रस्ताबका बारेमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि तथा उड्डयन प्राविधिक सम्मिलित टोलीले अध्ययन गरिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast