मंगलवार, असोज ७, २०७६
    खेल संसार

    विश्वकप किक्रेट : न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोज्यो

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २९ असार ।

    १२ औँ आईसीसी एक दिवसीय विश्वकप किक्रेटको उपाधिका लागि न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै छन् । न्यूजिल्याण्डले टस जितेर पहिले व्याटिङ रोजेको छ ।

    इंग्ल्याण्ड र न्यूजिल्याण्डमध्ये जसले उपाधी उचाले पनि २३ वर्षपछि विश्वकप क्रिकेटको नयाँ विजेता बन्ने छ । सन् १९९६ पछि विश्वकप क्रिकेटमा नयाँ विजेता बनेको छैन । १९९६ मा श्रीलंकाले उपाधी जितेको थियो ।

    १२ औँ संस्करणसम्म आईपुग्दा आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाले पाँच, भारत र वेष्ट इण्डिजले दुई–दुई तथा श्रीलंका र पाकिस्तानले एक–एक पटक जितेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast