आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    मलेसियालाई ६ रनले पराजित गर्दै नेपालद्वारा श्रृंखला ‘क्लीन स्वीप’

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २९ असार । 

    अन्तर्राष्ट्रिय दोस्रो टी-२० क्रिकेट अन्र्तगत नेपालले मलेसियालाई ६ रनले पराजित गर्दै श्रृंखला क्लीन स्वीप गरेको छ । नेपालका लागि सन्दीप र सोमपालले सर्वाधिक २-२ विकेट लिए । मलेशिया ७ विकेटको क्षतिमा १६७ रनमै समेटिएपपछि नेपाल विजयी बनेको हो । 

    यसअघि नेपालले जीतका लागि मलेशियालाई १७४ रनको लक्ष्य दिएको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभर खेल्दै मात्र ६ विकेटको क्षतिमा १ सय ७३ रनको सम्मानजनक स्कोर खडा गरेको थियो ।  


     

    बिनोदको अर्धशतक

    खेलमा विनोद भण्डारीले नेपालका लागि विनोद भण्डारीले अर्धशतक जोड । बिनोदले २५ बलमा ३ चौका तथा ५ छक्का लगाउँदै कुल ५१ रन बनाए । त्यसैगरी खेलमा शरद भेषावकरले २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । 

     

    जमेनन् पारस र ज्ञानेन्द्र

    त्यस्तै, खेलमा कप्तान पारस खड्काले २३ रन जोडे। पारसले कुल १९ बल खेल्दै २ चौका तथा २ छक्का प्रहार गरे । त्यस्तै, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने युवा खेलाडी रोहित पौडेलले १९ रन तथा करण केसीले १६ रन बनाए । नेपाली टोलीका ओपनर पवन सर्राफ  १० रनमै सीमित भए ।

    बलिङमा मलेसियाका फित्री सामले सर्वाधिक ३ विकेट लिए भने  अजिज र शर्भिनले एक एक विकेट लिए ।

    यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले मलेशियालाई ७ विकेटले हराइसकेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast